खप्तड घोडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

खप्तड घोडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम


१६ जेष्ठ २०८०, मंगलबार


डोटी । सोमबार खप्तडमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा बझाङका अजय रावल प्रथम भएका छन् ।

भू–स्वर्गकारुपमा परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको पूर्व सन्ध्यामा घोडा दौड प्रतियोगीताको आयोजना गरिएको थियो ।

सुदूरपश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको संयुक्त आयोजना र नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भएको उक्त प्रतियोगितामा बझाङका पदमराज पाध्याय द्वितीय भएका छन् भने बझाङकै जीवन शाही तृतीय भएका छन् ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार रू ३० हजार, द्वितीय पुरस्कार रू २० हजार र तृतीय पुरस्कार रू १० हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा १२ जना प्रतियोगी रहेका थिए ।

कार्य तालिमका अनुसार ज्येष्ठ १३ देखि १६ गते सम्म खप्तड क्षेत्रमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिता सञ्चालन भइरहेको छ सोही अनुरूप सोमबार घोडा दौड प्रतियोगिता भएको थियो ।

मंगलबार आज जिल्ला सदरमुकाम सिलगढीको टुडीखेलमा सुदूर पश्चिमको कला संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै ज्येष्ठ १७ गते पुरुषहरूका लागि हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस