डाक्टर, इन्जिनियर, वकिललगायतले प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर अनिवार्य « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डाक्टर, इन्जिनियर, वकिललगायतले प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर अनिवार्य


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। सरकारले पेसा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य गरेको छ ।

डाक्टर, इन्जिनियर, वकिल लगायतका अनुमति प्राप्त पेसामा संलग्नका लागि यस्तो व्यवस्था गरिएको हो।

‘पेसा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा सम्बन्धित नियामक निकायमा अनिवार्य रूपमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’ बजेटमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस