बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बुटवलको लुम्बिनी केबुलकार सञ्चालनमा


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते सोमबारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको घोषणा गरेका थिए।

जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यावसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुने बताए।

बुटवलको वडा नं ३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा छुट दिने घोषणासमेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस