रेशमको रिहापछि हर्कले भने: मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन गरेँ, आज खुसी छु ! « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रेशमको रिहापछि हर्कले भने: मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन गरेँ, आज खुसी छु !


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी रिहाइ भएकोमा आफू खुसी भएको बताएका छन् ।

कैलालीको टिकापुर घटनामा मुख्य योजनाकारको आरोपमा डिल्लीबजारमा कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा सोमबार (आज) आममाफी दिएसँगै उनी रिहा भएका हुन् ।

चौधरीको रिहाइको माग गर्दै धेरै पटक प्रदर्शन समेत गरेको मेयर हर्कले बताएका छन् ।

उनले भनेका छन्,‘सागर बरु सुकेर गइजाला ! जान्न माया कहिले नि सुकेर ! यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थेँ ! वहाँको सङ्गीत हो यो ! अनेकन चोटि मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरेँ ! आज म खुसी छु !’

Tags :
प्रतिक्रिया दिनुहोस