बोर्डद्वारा भारतीय कम्पनीसँग हुने तल्लो अरुणको पीडीए स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बोर्डद्वारा भारतीय कम्पनीसँग हुने तल्लो अरुणको पीडीए स्वीकृत


१४ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । लगानी बोर्ड नेपालले तल्लो अरुणको परियोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । आइतबार बसेको बोर्ड बैठकले भारतीय कम्पनी सतलज विद्युत् निगम (एसजेभीएन)सँग आयोजना निर्माणका लागि गर्ने पीडीएको मस्यौदा स्वीकृत गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत ८ असार २०७८मा बसेको लगानी बोर्डको बैठकले निकै आकर्षक मानिएको करिब ९०० मेगावाट क्षमताको तल्लो अरुण भारतीय कम्पनी सतलज विद्युत् निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको थियो । लगत्तै २७ असारमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

यो परियोजना निर्माण गर्न भारतीय कम्पनीले १ खर्ब ५३ अर्ब लगानी गर्नेछ । भारतले यो परियोजना हात पार्न २०७३ सालदेखि ताकेता सुरु गरेको थियो । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना बनाइरहेको भारतीय कम्पनीले अरुण तेस्रो बनाइरहेको छ भने अरुण ४ मा नेपाल विद्युत् प्राधिकरणसँग संयुक्त लगानी गर्ने गरी समझदारी भइसकेको छ । माथिल्लो अरुण पनि हात पार्न सतलजको तीव्र लबिइङ छ ।

एक हजार मेगावाटसम्मको बनाउन सकिने तल्लो अरुणबारे विद्युत् विकास विभागले अध्ययन गरिरहेको थियो । लगानी बोर्डले १५-१६ चैत २०७५ मा आयोजना गरेको लगानी सम्मेलनमा यो आयोजनालाई ‘सो केस’ मा राखेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस