नेपाल तरुण दलका महामन्त्रीको घरमा विद्युत् चुहिएर आगो लाग्दा २० लाख बराबरको क्षति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल तरुण दलका महामन्त्रीको घरमा विद्युत् चुहिएर आगो लाग्दा २० लाख बराबरको क्षति


१४ जेष्ठ २०८०, आइतबार


ताप्लेजुङ । ताप्लेजुङमा आज भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको छ ।

फुङ्लिङ नगरपालिका-८ का पदम सुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय महामन्त्रीसमेत रहेका पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद ९० हजारसहितका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी समयमै नियन्त्रणमा नआएकाले पूर्णरूपमा घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको हो ।

नेपाल प्रहरीसहित स्थानीयको सहायतामा करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस