प्राधिकरणले सुरु गर्‍यो पुन: भारतमा बिजुली निर्यात « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्राधिकरणले सुरु गर्‍यो पुन: भारतमा बिजुली निर्यात


१३ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शनिवारबाट भारतमा विद्युत् निर्यात सुरु गरेको छ ।

नदीमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले भारत निर्यात सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार शनिबार प्राधिकरणले १०० मेगावाट विद्युत् भारत निर्यात गरेको छ । प्रि-मनसुन सुरु भएसँगै नदीमा बहाव बढेपछि उत्पादन १३ सय मेगावाटको हाराहारीमा पुगेको छ ।

प्राधिकरणले शनिबार करिब ७ रुपैयाँ प्रतिमेगावाटको हाराहारीमा निर्यात गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस