आईपीएलको दोस्रो क्वालिफायरमा आज गुजरात र मुम्बई खेल्दै « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आईपीएलको दोस्रो क्वालिफायरमा आज गुजरात र मुम्बई खेल्दै


१२ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार दोस्रो क्वालिफायरको खेल हुँदैछ ।

यो खेलमा चेन्नईसँग पराजित भएर फाइनलबाट चुकेको गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टलाई पराजित गरेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

खेल राति पौने ८ बजे अहम्दावादमा हुनेछ । ईलिमिनेटर खेलमा लखनउलाई पराजित गर्दै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । गुजरात पहिलो क्वालिफायरमा चेन्नाई सुपर किङ्ससँग पराजित भएको हो ।

आजको खेलको विजेताले उपाधिको लागि चेन्नईसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । आईपीएल २०२३ को फाइनल आइतबार हुन लागेको हो । १० टिम सहभागी आइपीएलमा चार टिम प्लेअफमा पुगेका हुन् । जसमध्ये लखनउ सुपर जाइन्ट बाहिरिइसकेको छ भने चेन्नई फाइनल पुगिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस