भ्रष्टाचारीका फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने चेतावनी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

भ्रष्टाचारीका फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने चेतावनी


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समय बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले अख्तियारमा भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेकाले अब ती फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

यदि भ्रष्टाचारको सबै फाइल खोलेर छानबिन र कारबाही प्रक्रिया अघि नबढाए सदन र सडकबाट सङ्घर्ष गर्ने भन्दै उनले सदन पनि चल्न नदिने चेतावनी दिए ।

कर्णालीको विकासका लागि पैसा नभएको जवाफ दिने सरकारले ती भ्रष्टाचारको फाइल खोलेर दोषीबाट पैसा असुलेर राज्यको कोषमा दाखिला गर्नुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस