एमाले आत्मा मरेका भ्रष्टाचारी बेइमानहरूको पार्टी होइन : ओली  « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

एमाले आत्मा मरेका भ्रष्टाचारी बेइमानहरूको पार्टी होइन : ओली 


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले बेइमानहरूको पार्टी नभएको बताएका छन् । 

मङ्गलवार पार्टीको २३ जनवर्गीय सङ्गठनको भेलामा उनले यस्तो बताएका हुन् । 

एमाले भ्रष्टाचारमा संलग्न नभएको र नहुने दाबी गर्दै मूल्यमान्यता विपरीत कोही गए कारबाहीमा पार्टी आफैँ अघि सर्ने बताए । 

“एमाले कुनै भ्रटाचारमा संलग्न थिएन, हुँदैन । यदि कसैले एमालेभित्र रहेर पनि एमालेका आदर्श, यसका मूल्यमान्यता विपरीत, यसका उद्देश्यहरूलाई आघात पुग्ने गरी कुनै प्रकारका अनुचित, अनैतिक क्रियाकलाप गर्छ भने त्यस्तोमा कारबाही गर्न आफैँ अग्रसर हुन्छ,” ओलीले भने । 

उनले भ्रष्टलाई साथ नदिइने पनि बताए । ओलीले मान्छेको नैतिकता, आदर्शबाट च्युत भएपछि आत्मा मरेको हुने बताए । 

“नेकपा एमाले आत्मा मरेका, बेइमानहरूको पार्टी होइन,” ओलीले भने । 

उनले सञ्जाल र मिडियालाई प्रयोग गरेर नाम उच्चरण गर्न लगाएर एमालेलाई मुछ्न खोज्ने र हिलो छ्यापे सह्य नहुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस