विद्युत् महसुल नतिर्ने ६३९ जना ग्राहक कालोसूचीमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विद्युत् महसुल नतिर्ने ६३९ जना ग्राहक कालोसूचीमा


९ जेष्ठ २०८०, मंगलबार


बागमती । लामो समयदेखि विद्युत् महसुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित पाँच सय ४२ ग्राहकलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महसुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्योगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैर व्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानी तर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए । कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार आठ सय ८८ असुल गर्नुपर्ने छ ।

त्यसै गरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महसुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरूबाट एक करोड रकम उठ्न बाँकी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस