‘भ्रष्टाचारबारे जवाफ पाउन अनसन नै बस्नुपर्ने हो’ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘भ्रष्टाचारबारे जवाफ पाउन अनसन नै बस्नुपर्ने हो’


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले जनकपुर जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारबारे कुरा उठाउँदा जवाफ नपाएको बताएका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारको जवाफ पाउन अनसन नै बस्नुपर्ने हो भनेर प्रश्न पनि गरे।

उनले भने, ‘मैले यो सदनमा ४ पटक जानकी मन्दिरको टायल, विजुलीबत्ती जडानमा भएको भ्रष्टाचारको प्रसङ्ग उठाइसकेँ। जवाफ मागिसकेँ। तर सरकारले यसको जवाफ दिँदैन। सत्तापक्षकै सांसद अनसनमा बस्नुपर्ने बाध्यता छ। हामीलाई पनि त्यही भन्न खोजिएको हो, गएर अनसन बस, अनि जवाफ पाउँछौँ, यति त्यसो हो भने हामी तयार छौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामीले अपेक्षा गरिरहेका केही निर्णयहरू छन्। केही सुनियोजित, केही सेटिङमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरूले सबै प्रश्नहरूको जवाफ दिँदैनन्। त्यसैले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस