स्रोत नखुलेको २० लाखसहित भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत नखुलेको २० लाखसहित भारतीय नागरिक पक्राउ


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । श्रोत नखुलेको बीस लाख रकमसहित धनुषा प्रहरीले एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार जनकपुरधाम उपमहानगरपालिका-६ डोम्बाबारीस्थित गस्तीमा खटिएको प्रहरी टोलीले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत जिल्ला सिता मढी ग्राम पञ्चायत मनपुर घर भई हाल जनकपुर उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने वर्ष २५ को रन्धिर ठाकुर रहेको धनुषा प्रहरीले जनाएको छ । 

ठाकुरले चलाउँदै आएको मोटरसाइकल चेकजाँच गर्दा हरियो झोला भित्र स्रोत नखुलेको बीस लाख नगद बरामद भएको हो। नगदसहित ठाकुरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस