भुटानी शरणार्थीबारे भेटिएन बालकृष्ण खाँणको मोबाइलमा विवरण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भुटानी शरणार्थीबारे भेटिएन बालकृष्ण खाँणको मोबाइलमा विवरण


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको शरणार्थीसँग सम्बन्धित विवरण नभेटिएको प्रहरीले जनाएको छ ।

खाँणको मोबाइलबाट रिकभर हुनसक्ने विवरणमार्फत नक्कली भुटानी शरणार्थी प्रकरणमा अझै माथिल्लो तहको नेक्सससम्म प्रहरी पुग्न सक्ने अनुमान गरिएको थियो । तर उनको मोबाइलमा भुटानी शरणार्थी प्रकरणबारे कुनै विवरण फेला परेन ।

प्रहरीले २७ वैशाखमा खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै खाँणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो । तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरू छैनन् ।

खाँणले प्रहरीमा पुग्नुअघि मोबाइल डाटा ‘फ्याक्ट्री रिसेट’ गरेको प्रहरी आशङ्का थियो । त्यसैले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा लिइएको बयानमा पनि उनलाई मोबाइल किन रिसेट गरेको भनेर सोधिएको थियो ।

तर, उनले आफू त्यत्ति प्रविधिसँग जानकार नभएको भन्दै आफूलाई थाहा नभएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस