ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । ट्र्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । खोटाङमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्र्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो ।

ट्र्याक्टर चढ्न खोज्दा उनी खसेका थिए। खसेपछि ट्र्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको ।

प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस