शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको छ।

सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ। यसअघि २६ करोडको बिगो देखिएपनि आइतबार मात्रै आङटावा शेर्पाविरुद्ध थप पीडितले जाहेरी दिएका थिए। त्यससँगै बिगो रकम बढेको हो।

प्रहरीले चैत १२ गतेदेखि सुरु गरेको अनुसन्धान ६० दिन पुग्नै लाग्दा सरकारी वकिल कार्यालयमा प्रतिवेदन दिएको हो। सरकारी वकिलले पनि यस प्रतिवेदनलाई मङ्गलवार अदालतमा पेस गर्नुपर्ने बताएको छ।

यस प्रकरणमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ। यस्तै १२ जना भन्दा बढी फरार समेत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस