वृद्धभत्ता समान रूपमा वितरण भएन : जीवन परियार « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वृद्धभत्ता समान रूपमा वितरण भएन : जीवन परियार


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद जीवन परियारले सामाजिक भत्ता अथवा वृद्धभत्ता पनि समान रूपमा वितरण नभएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले उनले परिस्थिति र समाज हेरेर यस्ता रकम वितरण गरिनुपर्नेमा जोड दिए ।

‘बानेश्वरको १० तले घरमा बस्नेलाई चार हजार दिन्छौँ र तराइको फुसको घरमा बस्ने मुसहर डोम समुदायलाई पनि चार हजार दिन्छौँ । समान किसिमका न्याय दिन सके फुसको घरमा बस्ने ज्येष्ठ नागरिकलाई १० हजार दिनुपर्छ, अनि मात्र समान न्याय हुन्छ, मानवअधिकारको ग्यारेन्टी हुन्छ भन्ने लाग्छ मलाई,’ उनले भने ।

उनले दलित समुदाय चरम गरिबीको चपेटामा परेको उल्लेख गरे ।

“हाम्रो डाटाअनुसार २५ प्रतिशत गरिबी छ भनेको छौँ । डाटामा पिँधमा परेको दलित समुदाय हुनसक्छ । गरिबी, खसआर्यमा, क्षेत्रीमा गरिबी छैन भन्ने हैन । हरेक जातजातिमा छ । कर्णाली र सुदूरपश्चिममा बस्ने शाही ठकुरी होस् वा मधेसमा बस्ने डोम वा पहाडमा बस्ने कुनै जाति बसेतिर गरिबी छ,” उनले भने, “नेपालमा खान नपाएर मान्छेको मृत्यु भएको छ । उपचार गर्न नसकेर मृत्यु भएको शिक्षा हासिल गर्न नसकेर अन्तरजातीय विवाह र छुवाछूतका कारणले नवराज विकहरूको हत्या भएको छ । यस कारणले अन्तिम समस्या भनेको मान्छेको जर्जर अवस्था हो । बाँच्न पाउनुपर्छ । जीवनको सुरक्षा सबैभन्दा ठूलो कुरा हो ।”

Tags :
प्रतिक्रिया दिनुहोस