राष्ट्रिय उद्यान महासंघ गठन, अध्यक्षमा लुइटेल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

राष्ट्रिय उद्यान महासंघ गठन, अध्यक्षमा लुइटेल


८ जेष्ठ २०८०, सोमबार


लुम्बिनी । देशभरका उद्यान(पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ ।

महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन् । राष्ट्रिय सम्मेलन आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मालाई सर्वसम्मत चयन भएका छन् ।

नेपालमै पहिलो पटक आयोजना भएको उद्यानको राष्ट्रिय सम्मेलनबाट गठित महासङ्घको उपाध्यक्षमा रघुनाथ खुलाल (मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही) चयन भएका छन् । यस्तै सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी)र कोषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन् ।

महासङ्घको सदस्यमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन् ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए । मणिमुकुन्दसेन उद्यान बुटवल र शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र तिलोत्तमाको आयोजनामा जेठ ६ र ७ गते बुटवलमा राष्ट्रिय सम्मेलनको आयोजना गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस