काभा महिला भलिबल आजबाट, नेपाल र किर्गिस्तान भिड्दै « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

काभा महिला भलिबल आजबाट, नेपाल र किर्गिस्तान भिड्दै


८ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आज आज (सोमबार)बाट सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा प्रतियोगिता सुरु हुनेछ ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बङ्गलादेश, माल्दिभ्स, भारत, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

समूह ए मा घरेलु टोली नेपाल सहित भारत बङ्गलादेश र किर्गिस्तान छन् । समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

नेपालले आज किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँढे ४ बजे सुरु हुनेछ ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल जेठ ९ गते बङ्गलादेशसँग र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस