मिटरब्याजसम्बन्धी उजुरी गर्न ७ दिनको म्याद थप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटरब्याजसम्बन्धी उजुरी गर्न ७ दिनको म्याद थप


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई उजुरी गर्न पुनः ७ दिनको म्याद थप गरेको छ ।

आयोगले आज सूचना जारी गरेर २०८० जेठ ८ देखि १४ गतेसम्म अन्तिम पटक थपिएको ७ दिनभित्र उजुरी दर्ता गराउन अनुरोध गरेको हो । धेरै पीडित उजुरी गर्नबाट वञ्चित भएको गुनासोपछि आयोगले ७ दिन म्याद थप गरेको छ ।

पीडितहरूलाई आफ्नो भएसम्मका सबुद प्रमाणसहित भएको ब्यहोरा खुलाइ अनलाइनबाट, सीधै आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

उजुरीका लागि सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । सोही कक्षमा निवेदन फारम निःशुल्क उपलब्ध हुँदै आएको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस