बागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

बागमतीका नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् विस्तारका लागि कार्य विभाजनसहित प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेका थिए ।

नेपाली काँग्रेसका रामकृष्ण चित्रकार विना विभागीय मन्त्रीको शपथ ग्रहण गरेका छन् भने पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र मसिना खड्का वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

त्यस्तै एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस