नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरिएको छ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले यस्तो माग गरेका हुन् । भारत भ्रमणका क्रममा यसको पहल गर्न प्रधानमन्त्रीलाई उनले आग्रह गरे।

‘केही हप्ताअघि भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नुअघि भारतीय सुरक्षाकर्मीबाट शरीरको खानतलासी गर्ने काम भयो,’ उनले भने, ‘त्यो सर्वसाधारणको लागि मात्र होइन नेपाली कुटनीतिकको लागि पनि भयो। एउटा सार्वभौम सम्पन्न राष्ट्रको लागि यो कति शोभायमान विषय हो ?’

Tags :
प्रतिक्रिया दिनुहोस