सिर्जना सिंहको प्रश्न : कति बिपीको नाम भजाउँछौ ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिर्जना सिंहको प्रश्न : कति बिपीको नाम भजाउँछौ ?


७ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले कति बिपीको नाम भजाउँछौ भन्दै प्रश्न गरेकी छन् ।

बिपीले कम्युनिस्टसँग मिल्न हुन्न भनेको तर गणेशमानले मिलेर जनआन्दोलनबाट प्रजातन्त्र ल्याएको भन्दै सिंहले ट्विट गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘कति बिपीको नाम भजाउँछौ ? समाज परिवर्तनशील छ। बिपी कम्युनिस्टसँग मिल्न हुँदैन भन्नुहुन्थ्यो । ०४६ सालमा गणेशमानसिंहले कम्युनिस्टसँगै मिलेर जनआन्दोलन सफल पारे । देशमा संवैधानिक राजतन्त्र सहित प्रजातन्त्र ल्याए। राजाले संविधान लत्त्याइ शासन सत्ता आफ्नो हातमा लिए परिणाम जनताले गणतन्त्र ल्याए ।’

Tags :
प्रतिक्रिया दिनुहोस