पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहाडी भू-भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस