‘प्रजातन्त्रमाथि खतरा देखियो’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘प्रजातन्त्रमाथि खतरा देखियो’


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँ गाउँ पुग्ने गरेको काँग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राखे ।

गिरिजाप्रसाद कोइराला काँग्रेस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने काँग्रेसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातन्त्रमाथि खतरा आउने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

पुरानो प्रजातान्त्रिक दलको निष्क्रियताले प्रजातन्त्रमाथि खतरा आउन सक्ने भएकाले सचेत रहन पनि उनले समाजका सदस्यहरूलाई आह्वान गरे । प्रजातन्त्र जोगाउन समाजका सदस्यले आलोचनात्मक भएर प्रस्तुत हुनुपर्ने प्रथम राष्ट्रपति यादवको भनाइ थियो ।

बिहीबारसम्म राजधानीमा चल्ने समाजको महाधिवेशनमा सात प्रदेश र ७० जिल्लाका प्रतिनिधिको सहभागिता रहेको अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए ।

समाजको महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्य समितिसमेत गठन गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस