९ लाख बढीको अवैध सामान बरामद  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

९ लाख बढीको अवैध सामान बरामद 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । इलामको सूर्योदय नगरपालिका २ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ९ लाख  रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । 

जेठ २ गते नेपालबाट भन्सार छलि अवैध रूपले भारततर्फ लैजाँदै गरेको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर (बीओपी पशुपतिनगर) ले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए । 

सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छोडेर व्यक्ति भने फरार भएका थिए । बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस