बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकता दिन माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकता दिन माग


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउन माग गरेका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विमानस्थललाई आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका हुन्।

अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, ‘पर्यटनसँग पनि जोडिएको, नागरिक उड्डयनसँग पनि जोडिएको र मलाई पनि सधैँभरि त्यसले घचघच्याई रहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शङ्का पनि, डर पनि लाग्न थालेको छ । कति चोटि मैले कोसिस गरेँ । अहिलेकोभन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्यास गरौँ भनेर यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौँ खालको बाधा, अवरोधहरूलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो। र, त्यसलाई उच्चतम प्राथमिकता दिइयोस्।’

Tags :
प्रतिक्रिया दिनुहोस