लेखा समितिका सम्पूर्ण काम सार्वजनिक गर्न सचिवलाई निर्देशन  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

लेखा समितिका सम्पूर्ण काम सार्वजनिक गर्न सचिवलाई निर्देशन 


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । सार्वजनिक लेखा समिति सभापति अर्जुननरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन्।

मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले यस्तो निर्देशन दिएका हुन् । 

देशको अर्थतन्त्रमा देखिएका अनियमितता र भ्रष्टाचारलाई निर्मूल गर्न कसिएर बसेको समितिले गरेका काम आमजनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हुन्।

सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरू सार्वजनिक गर्न आवश्यक रहेको भन्दै उनले सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरू पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने बताउँदै केसीले निष्पक्ष, यथार्थ र भ्रष्टाचारविरुद्धको अभियन्ताको रूपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस