तुलसीपुर–घोराही चार लेन सडकको सम्झौता रद्द « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

तुलसीपुर–घोराही चार लेन सडकको सम्झौता रद्द


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । दाङको तुलसीपुर-घोराही चार लेन सडक खण्डको सम्झौता रद्द गरेको छ। भारतीय निर्माण कम्पनीले काम नगरेपछि नेपाल सरकारले उक्त सम्झौता रद्द गरेको हो ।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तारका लागि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो।

तथ्यले २०७५ पुस १३ गतेबाट काम सुरु गर्ने गरी सम्झौता गरेको सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्ने उल्लेख थियो।

सहर र बजार क्षेत्रमा दुई लेनको मात्रै सडक निर्माण गर्ने र अन्य भागमा चार लेनको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ।

यो बीचमा सडक निर्माणको भौतिक प्रगति १० प्रतिशत पनि पुगेको छैन।

भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी तथ्यले पाँच वर्षसम्म काम नगरी सडक अलपत्र छोडेपछि सरकारले सम्झौता रद्द गर्नु परेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस