संसदीय गतिविधि हेर्नेगरी तीन नेतालाई जिम्मेवारी  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

संसदीय गतिविधि हेर्नेगरी तीन नेतालाई जिम्मेवारी 


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ। प्रमुख तीन राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संसदीय गतिविधि हेर्नका लागि संयुक्त रूपमा तीन दलका नेता नेतालाई जिम्मेवारी तोकेका छन्।

जिम्मेदारी पाउनेमा नेकपा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक छन्।

संसदमा बिचारधीन विधेयक, विधेयकमा रहेका विषयवस्तु, संसदीय विषयगत समितिको नेतृत्व, संयुक्त समितिमा रहने सदस्य लगायतका विषयमा छलफल गर्ने र निर्णयका लागि तीन दलको बैठकमा पेस गर्ने गरी तीन नेतालाई जिम्मेवारी दिइएको हो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस