गण्डकी खेलकुद परिषद्को सदस्य सचिवमा शर्मा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

गण्डकी खेलकुद परिषद्को सदस्य सचिवमा शर्मा


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । पटक-पटक दरखास्त आह्वान र विवादित बन्दै आएको परिषद्को सचिवमा अन्ततः शर्मा नियुक्त भएका हुन् ।

प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव तेजबहादुर गुरुङ उमेर हदका कारण गत कात्तिक २४ गते पदमुक्त भएपछि प्रदेश सरकारले नयाँ नियुक्ति प्रक्रिया थालेको थियो । गुरुङ स्वतः पदमुक्त भएको करिब २ महिनापछि पुस ६ गते सरकारले सदस्य सचिव पदका लागि दरखास्त खुलाएको थियो ।

तर, त्यतिबेला प्रदेश खेलकुद विकास ऐन, २०७७ को प्रावधान विपरीत मापदण्ड राखेर ‘आफ्ना मान्छे’मात्रै पर्ने गरी दरखास्त आह्वान गरेको भन्दै विवादसमेत भएको थियो । त्यतिबेलै तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली निकट शर्मालाई नियुक्त गर्न नियमावली विपरीत मापदण्ड राखेर सूचना आह्वान गरेको आरोप लागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस