सुर्तीजन्य पदार्थमा करको दायरा बढाउने तयारी  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुर्तीजन्य पदार्थमा करको दायरा बढाउने तयारी 


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थमा करको दायरा बढाउने भएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको दायरा बढाएर भए पनि विपन्न नागरिकको स्वास्थ्य उपचार गरिने बताएका हुन् ।

बुधबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूको भेटघाटमा मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर त्यसबाट सङ्कलन भएको रकम वीर अस्पताल लगायतका अस्पतालमा उपचार गर्न अनुदान दिइने बताए ।

उनले सुर्तीजन्य पदार्थको करबाट उठ्ने रकम क्यान्सर लगायतका रोगमा मात्र खर्च गर्ने व्यवस्थालाई परिवर्तन गरिने समेत बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस