दुर्गम ठाउँमा तत्काल स्वास्थ्यकर्मी पुर्‍याउँछु : नवनियुक्त स्वास्थ्यमन्त्री « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दुर्गम ठाउँमा तत्काल स्वास्थ्यकर्मी पुर्‍याउँछु : नवनियुक्त स्वास्थ्यमन्त्री


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गम ठाउँमा पनि तत्काल स्वास्थ्यकर्मी पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बिहीवार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 

पालिका, प्रदेश र सङ्घीय सरकारको समन्वयमा यो काम गर्ने उनको योजना छ ।

आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खट्ने बताउँदै उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए । 

उनले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै दुर्गमभन्दा दुर्गम ठाउँमा पनि स्वास्थ्यकर्मी पुर्‍याउँछौँ । यसमा तीनै तहका सरकारसँग समन्वय गर्छौँ । म चाहिँ कम सुते हुने मान्छे, बढी खट्न सक्ने मान्छे ।’

मन्त्री बस्नेतले एक हप्ताभित्र स्वास्थ्य सामग्रीको तथ्याङ्क दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस