बोर्डद्वारा भारतबाट दूध आयात गर्न सिफारिस « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बोर्डद्वारा भारतबाट दूध आयात गर्न सिफारिस


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट आयात गर्न सिफारिस गरेको छ ।

बोर्डले दैनिक एक लाख २० हजार लिटर आयात गर्न,सिफारिस गरेको हो ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई बोर्डले बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटरभन्दा बढी दूधको आयात खोल्न सुझाव दिइएको छ । गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणात्मक बन्देजसहित आयात खोलिएको थियो ।

उप कार्यकारी निर्देशक बालक चौधरीका अनुसार सरोकारवालासँग छलफलमा आधारित भएर बोर्डले यस्तो निचोड निकालेको हो । मन्त्रालयमा डेरी उद्योगहरूले भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात गर्न माग गर्दै निवेदन दिएका थिए ।

मन्त्रालयले उद्योगीको मागबारे छलफल र अध्ययन गरेर सिफारिस प्रतिवेदन बनाउन बोर्डलाई भनेको थियो । बोर्डले धुलो दूधको उत्पादन नेपालभित्रै बढेकाले आयात गर्नुनपर्ने निष्कर्ष निकालेको उप कार्यकारी निर्देशक चौधरीले बताए ।

बोर्डले तयार पारेको प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री मन्त्री वेदुराम भुसाललाई बुझाइसकेको छ । अब मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने/नखुलाउने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस