परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन्। बिहीबार बिहान मन्त्री साउद बेलायत प्रस्थान गरेका हुन्

संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन साउद बेलायत गएका हुन्।

लण्डनमा रहँदा उनी वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी भएर वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस