ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ। दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासन मैदानमा हुनेछ।

खेल दिउँसो ३ बजे दशरथ रंगाशालामा हुने खेलमा चर्च ब्वाइज र फ्रेण्डस् क्लबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी खेलमा चर्च ब्वाइज २१ औं स्थानमा रहँदा फ्रेण्ड्स १५ औँ स्थानमा रहेको छ। यस्तै दशरथ रङ्गशालामै ६ बजे नेपाल आर्मी र मनाङ मर्स्याङ्दी भिड्ने छन्। त्यस्तै च्यासल फुटबल मैदानमा हिमालयन शेर्पा र सातदोबाटोबीच खेल हुनेछ ।

यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । १३ खेलमा ६ जित निकालेको सातदोबाटो आज सातौँ जितको खोजीमा हुनेछ। १३ खेलमा ६ जित निकाल्दै २२ अङ्कसहित तेस्रो स्थानमा रहेको सातदोबाटो सातौँ जितसहित दोस्रो स्थानमा उक्लिन चाहन्छ।

हिमालयन शेर्पा आज चौथो जितको खोजीमा रहनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस