देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको छ : परराष्ट्र मन्त्री साउद « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको छ : परराष्ट्र मन्त्री साउद


१७ बैशाख २०८०, आइतबार


काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले देशको अर्थतन्त्रबारे आतिहाल्नु नपर्ने बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका.५ वन समितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०र१२ महिनाका लागि पुग्ने भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताएका हुन् । देश श्रीलङ्का जस्तै हुन्छ भनेर फिँजाइएको हल्ला वास्तविकता त्यस्तो नरहेको उनको भनाइ छ ।

उनले भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने पनि जानकारी दिए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ छ ।

उनले आरक्ष विस्थापित परिवारलाई पुनः स्थापन गराउन पहल गरिने बताउँदै चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने, जिल्लाका सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाको काम अगाडि बढाइने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस