एसिसी प्रिमियर कप : नेपालले गुमायो पहिलो विकेट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एसिसी प्रिमियर कप : नेपालले गुमायो पहिलो विकेट


१६ बैशाख २०८०, शनिबार


काठमाडौँ । काठमाडौँमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

कुवेतविरुद्ध ब्याटिङ गरिरहेका कुशल भुर्तेल १०.५ ओभरमा आउट भएका हुन् । उनले ३९ बलमा ४३ रनको योगदान दिएका थिए ।

खेलमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालको सम्भावित प्लेइङ-११

कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, ललितनारायण राजवंशी, करण केसी, सन्दीप लामिछाने र भीम सार्की छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस