चुनावी नतिजाबाट आत्तिनु पर्दैन, काँग्रेस कमजोर छैन : आरजु राणा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

चुनावी नतिजाबाट आत्तिनु पर्दैन, काँग्रेस कमजोर छैन : आरजु राणा


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट काँग्रेसले आत्तिनु नपर्ने धारणा व्यक्त गरेकी छन् । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भनिन्, “उपनिर्वाचनमा विजयी नहुँदैमा काँग्रेस कमजोर छैन, विगतमा पनि काँग्रेस पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।”

काँग्रेसप्रति आकर्षण नघटेको बताउँदै उनले भनिन् “युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।” काँग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उनले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गरिन् ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला सङ्घका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवालगायतले समसामयिक विषयमा बोलेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस