बुद्ध एयरले नयाँ जहाज ल्यायो  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बुद्ध एयरले नयाँ जहाज ल्यायो 


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । बुद्ध एयरले नयाँ जहाज ल्याएको छ । शुक्रबार साँझ बुद्धले १५ औँ एटिआर-७२ जहाज भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ।

बुद्धका अनुसार ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम र भाडादर पनि स्वतः सस्तो भएकाले ७२ सिटे जहाज भित्र्याएको हो।

योसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्।

यसअघि बुद्धसँग भएका दुइटा बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस