घण्टीको सामना गर्न राप्रपा तयार छ : जबरा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

घण्टीको सामना गर्न राप्रपा तयार छ : जबरा


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित वाग्मती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गरे ।

उनले संसद् भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताए । उनले अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान भएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस