५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्दै राष्ट्र बैंक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्दै राष्ट्र बैंक


१५ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गर्ने भएको छ । नेपाल सकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार १७ वैशाखदेखि बचतपत्र बिक्री खुला गर्ने भएको हो ।

निक्षेपको ब्याजदर घटेसँगै सरकारी ऋण उठाउन औजार वैदेशिक रोजगार बचतपत्रको पनि ब्याजदर घट्न लागेको छ ।

९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा १७ वैशाखदेखि १७ जेठ २०८० सम्म आवेदन दिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ । निक्षेपको ब्याजदर घटेसँगै वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि घटाएर ल्याएको छ । गत १४ फागुनदेखि ३ चैतसम्म निष्कासन गरेको वैदेशिक रोजगार बचतपत्रमा १२.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा अहिले ११ प्रतिशत मात्रै ब्याजदर दिने केन्द्रीय बैंकले जनाएको छ ।

बचतपत्रको ब्याज ६–६ महिनामा भुक्तानी हुनेछ भने उक्त ब्याजमा ब्याजकर नलाग्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा दश हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म आवेदन दिने सकिने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर/आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सक्नेछन् । उक्त बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

१७ जेठसम्म आवेदन दिने अवधि भएपनि बचतपत्र निष्कासन २४ जेठ रहेको र २४ जेठ २०८५ मा बचतपत्रको सावाँ भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस