नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य प्रस्तुत


१४ बैशाख २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा नेपालले कतारविरुद्ध १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात् नेपाल सम्मानजनक योगफलसम्म पुग्यो ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस