ए डिभिजन लिग : आज तीन खेल हुँदै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ए डिभिजन लिग : आज तीन खेल हुँदै


१३ बैशाख २०८०, बुधबार


काठमाडौँ । ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।

दुई खेल दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ। दिउँसो ३ बजे दशरथ रङ्गशालामा हुने खेलमा थ्री स्टार र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

थ्री स्टार मच्छिन्द्रलाई स्तब्ध पार्दै सातौँ जितको खोजीमा छ भने मच्छिन्द्र पनि पाँचौँ जितको खोजीमा रहेको छ ।

च्यासल मैदानमा ३ बजे सातदोबाटो र सङ्कटा भिडनेछन्। सातदोबाटो छैटौँ जितको खोजीमा हुँदा सङ्कटा पाँचौँ जित निकाल्न चाहन्छ।

साँझ ६ बजे दशरथ रङ्गशालामा जावलाखेल र हिमालयन शेर्पा खेल्दैछन्। हिमालयन शेर्पाले अहिलेसम्म ११ मध्ये दुई खेल मात्रै जितेको छ।

हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ । जावलाखेल आठौं जितको योजनामा हुनेछ । जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र सङ्कटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ११ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सङ्कटा पाँचौं जित निकाल्न चाहन्छ । सङ्कटा ११ खेलमा १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस