पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पार्टी विरुद्ध सामाजिक सञ्जालमा आक्रमण बढ्यो : देउवा


१२ बैशाख २०८०, मंगलबार


Ser-Bahadur-Deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जालमा पार्टी विरुद्ध आक्रमण बढेको बताएका छन् ।

संसदीय दलको बैठकमा उपनिर्वाचनको क्रममा पार्टी र नेताहरुविरुद्ध सामाजिक सञ्जालमा सङ्गठित आक्रमण गरिएको गुनासो राखेको बैठकमा सहभागी एक सांसदले बताए ।

बजेटका प्राथमिकताका विषयमा सांसदहरूको राय लिनका लागि डाकिएको बैठकमा सभापति देउवाले थेग्नै नसक्ने गरी आक्रमण भएको बताएका हुन् ।

सोमबार र मंगलबार दुई दिन सांसदको राय लिनका लागि संसदीय दलको बैठक बोलाइएको थियो ।

बजेटमाथि केन्द्रित छलफलमा उपनिर्वाचनका सन्दर्भमा पनि सांसदहरुले धारणा राखेका थिए । सामाजिक सञ्जालबाट गरिएको प्रहारका कारणले पनि तनहुँ-१ मा जित निकाल्न नसकिएको विश्लेषण बैठकमा गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस