सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय खोल्ने तयारी  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय खोल्ने तयारी 


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपालमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न अब दोस्रो तहको नियामक निकाय स्थापना गरिने भएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औँ बैठकले यस्ता संस्थाको प्रभावकारी नियमन गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने निर्णय गरेको हो ।

यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन र नेपाल राष्ट्र बैंकसँग समन्वय गरी कानुनी व्यवस्था प्रस्ताव गर्ने जिम्मेवारी पाएको छ । यसका लागि दुई महिनाको समयावधि दिइएको छ । अहिले तीन वटै तहका सरकारले सहकारीको नियमन गर्दै आएका छन् । 

सहकारी ऐन २०७४ अनुसार दुई वा सो भन्दा बढी प्रदेशमा कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमन संघीय सरकार अन्तर्गतको सहकारी विभागले गर्दै आएको छ । यस्तै एक पालिका भन्दा बढी कार्यक्षेत्र भएका सहकारी संस्थाको नियमन प्रदेशको सहकारी विभागले गर्छ । एक पालिका मात्र सीमित सहकारीको पालिकाबाटै नियमन भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस