एमालेलाई पुरानो पार्टी नभनिदिन एमाले सांसदको आग्रह « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमालेलाई पुरानो पार्टी नभनिदिन एमाले सांसदको आग्रह


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सांसद ईश्वरबहादुर रिजालले नेकपा एमालेलाई पुरानो पार्टी नभन्न आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘मेरा पार्टी, मेरो दलले इतिहासमा केही कमजोरी गरेको छ भने एक्लै त्यसको जबाफदेही बेहोर्न तयार छ । तर, इतिहासमा गरेका राम्रा कामहरू र जो अरूले नराम्रा काम गरेका छन् ती सँग मिसाएर हाम्रो दललाई पुरानो दल भन्ने भाष्य खडा नगरियोस्, त्यसरी नबुझियोस् । सौर्य मण्डलमा धेरै ताराहरू जन्मिने गर्छन् । ताराहरू बिलाउने पनि गर्छन् । तर, सूर्य आयुमा पुरानो होला । त्यसको काम पुरानो भएको छैन । त्यसले उज्यालो दिने र ताप दिने काम त्यो नयाँ नै छ ।’

आफ्नो पार्टी मिसनमा, भिजनमा र एक्सनमा सधैँभरि नयाँ दल रहेको उनको जिकिर छ । नयाँ दल आउनु स्वभाविक भएको भन्दै उनले त्यही आधारमा पुरानो दलको औचित्य नसकिने रिजालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस