रवि लामिछानेको जीत सुनिश्चित « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

रवि लामिछानेको जीत सुनिश्चित


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । चितवन-२ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फराकिलो मतको अग्रता कायम गरेका छन् ।

रविले ४१ हजार ५०४ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली काँग्रेसका जीत नारायण श्रेष्ठले ७ हजार ६९५ मत ल्याएका छन्। लामिछाने र श्रेष्ठबीचको मतान्तर ३३ हजार ८०९ रहेको छ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत प्राप्त गरेका छन्। अब गन्न बाँकी मत २१ हजार मात्र रहँदा लामिछानेको जीत सुनिश्चितजस्तै भएको छ।

आइतबार भएको उपनिर्वाचनमा ७८२७७ मत खसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस