काँग्रेस संसदीय दलको बैठक जारी « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

काँग्रेस संसदीय दलको बैठक जारी


११ बैशाख २०८०, सोमबार


काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेपाली काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।

बैठकमा आगामी वर्षको बजेट निर्माण प्रक्रियाबारे छलफल गरिने बताइएको छ ।

आर्थिक अवस्था जटिल रहेको अवस्थामा कस्ता विषयलाई बजेटमा प्राथमिकता दिने भन्ने बारेमा पार्टीले विज्ञहरूलाई राखेर सुझाव र सल्लाह लिने योजनासहित बैठक बसेको हो ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा। प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मा लगायत सांसदहरूको उपस्थिति रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस