हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएकामा चितवनवासीलाई नमन् : रवि लामिछाने  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएकामा चितवनवासीलाई नमन् : रवि लामिछाने 


१० बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनवासीलाई धन्यवाद दिएका छन् । 

हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएको भन्दै लामिछानेले चितवनवासीलाई धन्यवाद दिएका हुन् । 

‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष  नमन्’, उनले उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत भनेका छन् ।  

उनले आफ्नो मताधिकार प्रयोग गरेर  लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई  हार्दिक आभार प्रकट गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस